३० आश्विन २०८३, शुक्रबार

राजधानीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

earth-quakeसिड्नी, २५ साउन । सोमबार सोलोमोन द्वीपमा ६.९ रेक्टर स्केलको भूकम्प गएको समाचार छ । सो भूकम्पको सोलोमोन द्वीपको राजधानीमा होनीयारमा समेत महसुस गरिएको जनाइएको छ । सो भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले पनि यस भूकम्पको सोमबार पुष्टि गरेको छ । यस भूकम्पको केन्द्रविन्दु राजधानी होनीयारबाट २१४ किलोमिटर पश्चिममा समूहको सतहमा रहेको पनि सो संस्थाले जानकारी दिएको छ ।

सोलोमोन राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका निर्देशकले पनि यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको बताएको छ । गत महिनामा पनि सोलोमोन द्वीपमा ७ .रिक्टर स्केलको भूकम्प गएको तर सुनामी चेतावनी भने दिइएको छैन । सो भूकम्पबाट मानवीय सम्पत्ति क्षति पनि नभएको जनाइएको थियो ।

सन् २०१३ मा आएको ८ रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी १० व्यक्तिको मृत्यु भएको थियो । यस भूकम्पको कारण हजारौं व्यक्ति घरबारबिहीन भएका थिए । रासस/एएफपी