काबुल, २५ साउन । अफगानिस्तानको राजधानी नजिकै विमानस्थलमा सोमबार भएको एक आत्मघाती कारबम विस्फोटमा पाँच व्यक्तिको मृत्यु भएको समाचार छ । यस विस्फोटमा परी अन्य १५ जना घाइते भएका एक अधिकारीले जनाएका थिए ।
स्थानीय समयानुसार करिब १२ बजे मध्याह्नमा काबुल विमानस्थलको प्रमुख प्रवेशद्वार नजिकै सो विस्फेटन भएको जनाएइएको छ ।
प्रारम्भिक समाचारमा यस विस्फोटनमा पाँचको मृत्यु हुनुको साथै अन्य १५ घाइते भएको जनाइ एतापनि हताहतको सङ्ख्या बढ्नसक्ने सार्वजनिक अस्पतालका प्रवक्ता अजिज कावोसीले सिन्ह्वा समाचार समितिलाई जनाउनुभएको छ ।
यस विस्फोटनपछि नियमित उडान समेत कम्तीमा चार या पाँचघण्टा ढिला भएको जनाइएको छ । विस्फेटन परिसरमा कयौँं सवारीसाधन ध्वस्त हुनुको साथै वरिपरी रहेका भवनहरु क्षतिग्रस्त भएको जनाइएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहलेृ जिम्मा लिएको छैन । गत शुक्रबार पनि अफगानिस्तानको राजधानी काबुलको भएको एक आक्रमणमा कम्तीमा ५१ व्यक्तिको मृत्यु भएको थियो ।
अफगानिस्तानमा तालिवान नेता मुल्लाह ओमारको मृत्यु भएको घोषणा भएपछि तालिवान आतङ्ककारीद्वारा गरेका आक्रमणहरु परी सयौँ व्यक्ति हताहत भएका छन् । रासस/सिन्ह्वा















प्रतिक्रिया