२१ कार्तिक २०८३, शनिबार

प्रहरीले नसकेपछि जुम्लामा सेना परिचालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-senaजुम्ला, २५ साउन । अखण्ड कर्णालीको माग गर्दै जुम्लामा सुरु भएको आन्दोलनलाई नेपाल प्रहरीले रोक्न नसकेपछि नेपाली सेना परिचालन गरिएको छ ।

आन्दोलनमा प्रदर्शनकारीको प्रदर्शनले उग्र रुप लिएपछि त्यसलाई रोक्न स्थानीय प्रशासनले सेना परिचालन गरेको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाले सेनालाई हारगुहार गरी सुरक्षाको सहयोग मागेको हो ।

प्रशासनको आग्रहपछि जुम्लामा हतियारसहित दर्जन बढी सेना परिचालन गरेर प्रशासन कार्यालयमा सुरक्षाको लागि खटाइएको छ ।

यसअघि प्रदर्शनकारीले प्रशासन कार्यालयमा रहेका एक पुलिससहित ४ वटा गाडीमा तोडफोड गरेका छन् भने प्रशासन कार्यालयमा तालावन्दी गरेका छन् ।

आन्दोलनकारीलाई रोक्न प्रहरीले पाँचभन्दा बढी अश्रुग्यास प्रहार गर्नुका साथै रबरका गोली समेत चलाएको छ । आन्दोलनकारीले नेपाल टेलिकम, जिल्ला विकास समितिलगायतका दर्जन बढी कार्यालयमा तोडफोड गरेका छन् । प्रशासन कार्यालयको भवन तोडफोडसमेत गरिएको छ ।

तोडफोडका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको छ ।