सुर्खेत, २५ साउन । सुर्खेतमा प्रहरीले चलाएको गोली लागे एक प्रदर्शनकारीको मृत्यु भएको छ । ६ जना गम्भीर घाइते भएका छन् ।
सदरमुकाम वीरेन्द्रनगर स्थित कांग्रेसका सह-महामन्त्री पूर्णबहादुर खड्काको घरमा आगजनी गर्न पुगेका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा वीरेन्द्रनगर–४ निवासी टिकाराम गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीको गोली टाउँकोमा लागेर ढलेका गौतमलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै ज्यान गएको हो । प्रहरीको गोली लागेर अन्य ६ जना गम्भीर घाइते भएका छन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले कर्फ्यु तोड्न खोज्दा गोली लागेर प्रदर्शनकारीको मृत्यु भएको जानकारी दिनुभयो ।
आन्दोलन उग्र लिएपछि स्थानीय प्रशासनको कफ्र्यू समेत नमान्दै प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेशकुमार लाल कर्ण सवार सरकारी गाडी जलाएका छन् ।















प्रतिक्रिया