काठमाडौं, २५ साउन । वैशाख १२ को ‘गोरखा भूकम्प’पछि नेपालमा सोमबार नयाँ भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार हुम्ला केन्द्रविन्दु भएर नेपालमा आज विहान नयाँ भूकम्प गएको हो । आज विहान १२ बजेर २१ मिनेटमा हुम्लाको हेप्कालाई केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
नयाँ भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन् । यसअघि दार्चुला केन्द्रविन्दु भएर नयाँ भूकम्प गएको थियो ।
गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३७५ भन्दा बढी परकम्प गइसकेको तथा नयाँ भूकम्पको संख्या पनि सात पुगिसकेको केन्द्रले जनाएको छ ।













प्रतिक्रिया