९ कार्तिक २०८३, सोमबार

सुदूरपश्चिमका पतृनापतिद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-army

महेन्द्रनगर, २४ साउन । नेपाली सेनाका सुदूरपश्चिम क्षेत्रीय प्रमुख पतृनापति उपरथी विनोद कुमार श्रेष्ठले आइतबार कञ्चनपुरको बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।

विगतमा महाकाली नदीबाट कटान र डुबान हुदै आएको उहाँले कञ्चनपुरको भीमदत्तनगरपालिको भुजेला, ऐरी र पिपरिया क्षेत्रको स्थलगत निरीक्षक गर्नुभएको महेन्द्रनगरस्थित हनुमानध्वज गुल्मले जनाएको छ । महाकाली पारी बाढीग्रसित क्षेत्रको निरीक्षण अघि क्षेत्रीय प्रमुख उपरथी श्रेष्ठलाई श्री नं. २५ बाहिनीले यहाँको बाढीग्रस्त क्षेत्रको अवस्थाका बारेमा अवगत गराएको थियो ।

त्यसैगरी उहाँले सेनासित रहेको विपत व्यवस्थापन सामाग्रीहरुको समेत अवलोकन गर्नुभएको हनुमानध्वज गुल्मका सह–सेनानी असिम श्रेष्ठले जानकारी दिनुभयो । साथै उहाँले विपत व्यवस्थापनसित जुध्न पुर्व तयारी गर्नका साथै तयारी हालतमा बस्ने मातहतका गण गुल्महरुलाई निर्देशन समेत दिनुभयो ।

निरीक्षणमा श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी तारा विक्रम शाह, हनुमानध्वज गुल्मका गुलमपति सेनानी विष्णु थापा लगायतका सैनिक अधिकारीहरु पनि सहभागी हुनुहुन्थ्यो ।

विगत बर्षहरुमा महाकाली नदी उर्लिएर गाउँ बस्दा सेनाको बाहिनी, गण तथा गुल्मले उद्दार कार्यमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको थियो । तत्कालको उद्दार कार्यदेखि बाढीग्रसित क्षेत्रमा अस्थायी तटवन्ध निर्माणसम्म सेनाले गर्दै आएको थियो ।