१० कार्तिक २०८३, मंगलबार

सिद्धनाथ बिज्ञान क्याम्पसमा विद्यार्थीद्धारा तोडफोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpur_district– भाष्कर केसी
महेन्द्रनगर, २४ साउन । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले सिद्धनाथ विज्ञान क्याम्पसमा तोडफोड गरेका छन् ।

विज्ञान क्याम्पस प्रमुख पूर्ण बहादुर चन्दले सुप विश्वविद्यालय केन्द्रिय कार्यालयका कार्यालय सहायक मणिराज जोशीलाई आइतबार विहान विज्ञान क्याम्पसमा रहेको रातो भवनको ४ कोठाको साँचोको विषयलाई लिएर धक्कामुक्का गरेको भन्दै उनीहरुले तोडफोड गरेका हुन् । विद्यार्थीले विज्ञान क्याम्पसको फर्निचर, टेबुल, दराज, प्रिन्टर, टेलिफोन सेट लगायत फाईलहरु च्यातेका छन् ।

आज विहान सुदूरपश्चिम विश्वविद्यालयका सिएसआईटी र फिजिक्स विषयका कक्षा सञ्चालन हुने कक्षा कोठाको साँचो विज्ञान क्याम्पसका क्याम्पस प्रमुख पुर्ण बहादुर चन्दले मागेका र सुप विश्विद्यालय केन्द्रिय कार्यालयका कार्यालय सहायक मणिराज जोशीले दिन नखोज्दा धक्कामुक्का गरेको कार्यालय सहायक मणिराज जोशील बताए ।

उत्ता विज्ञान क्याम्पसका क्याम्पस प्रमुख चन्दले आफूले साँचोको विषयलाई लिएर कसैलाई पनी हातपात नगरेको आफूलाई बिनासिती आरोप लगाई सुनियोजित तरिकाले विज्ञान क्याम्पसमा तोडफोड भएको बताएका छन् ।