– विवेक विश्वकर्मा
भैरहवा, २४ साउन । लुम्बिनी भ्रमणका लागि आउने पर्यटकहरुको बिद्युतिय रिक्सा चढ्ने सपना अहिले सम्म पुरा हुन सकेका छैन । यता लुम्बिनी भ्रमणका लागि आउने पर्यटकलाई लक्षित गरि ल्याईएको ईलेक्ट्रोनिक रिक्सा (ई रिक्सा) राखेकै अवस्थामा बिग्रिन थालेका छन ।
बिदेशी दातृ निकाय कोईका (कोरियन ईन्टरनेशनल कोअपरेशन एजेन्सी)को आर्थिक सहयोगमा लुम्बिनीमा ७० वटा बिद्युतिय रिक्सा ल्याईएको थियो । तर ल्याईएको ८ महिना हुँदा सम्म पनि यी रिक्साहरु सञ्चालनमा आउन सकेको छ्रैनन् ।
लुम्बिनीमा प्रदुषण रहित रीक्सा सञ्चालनमा ल्याई त्यहाँ आउने पर्यटकहरुलाई सहज रुपमा यात्रा गराउने उद्देश्य राखी दातृ निकाय कोईकाको सहयोगमा आएको रिक्सा सञ्चालनमा आउन नसक्दा लुम्बिनी अन्तर्राष्ट्रिय संग्राहालय परिसरभित्र थन्क्याएर राखिएको छ ।
यसअघि लुम्बिनी बौद्ध विश्वबिद्यालयमा राखिएका यी रिक्साहरु सञ्चालनमा नआउँदै १६ वटा बैट्री समेत बिश्वबिद्यालय परिसरबाटै चोरी भैसकेको छ ।
चीनमा निर्मित ७० वटा बिद्युतीय रिक्सा नेपालमा ल्याएर काठमाडौको फेदर सलुसनले एसेम्बल्ड गरी कोईकालाई पाँच महिना अघिनै हस्तान्तरण गरीसकेको थियो । तर लुम्बिनी बिकास कोषले बिभिन्न बहानामा हाल सम्म पनि कोइकाबाट रिक्सा बुझेको छैन् ।
लुम्बिनी बिकास कोषले भने कोषकै योजना अनुरुप बिद्युतीय रिक्सा आए पनि तत्कालिन समयमा त्यस्मा केही प्राबिधिक त्रुटीहरु रहेको पाईएकाले सञ्चालन नआएको जनाउँदै अब छिटै सञ्चालनमा आउने दाबी गरेको छ । ‘हामीहरु छिटै इ– रिक्सा सञ्चालनको प्रकृयामा छौ, बिगतमा बिभिन्न प्राबिधिक समस्या थियो र हाल सम्म कोइकाले रिक्सा हस्तान्तरण पनि गरेको छैन, अब छिटै हस्तान्तरण भै सञ्चालनको प्रकृयामा हामी छौ,’ लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधाले भने ।
ई रिक्साहरु यातायात कार्यालय बुटवलमा दर्ता पनि नभएको अबस्थामा दर्ताका लागी मन्त्रालयबाट दर्ता गर्न आबश्यक प्रकृया सहितको पत्र आएको जनाउदै उनले रातो प्लेट अथवा कालो प्लेट राखेर कसरी चलाउन सकिनेमा अन्यौलता रहेको बताए । बिकास कोषभित्र मात्र चलाउने भएकोले यातायात पनि सकारात्मक देखिएको उपाध्यक्ष निग्रोधाले भने । भाद्र महिना भित्रै बिकाश कोष भित्र ई रिक्सा सञ्चालनमा आउने उनले जानकारी गराए ।

लुम्बिनी क्षेत्रका सरोकार वाला तथा पर्यटन ब्यबसायीहरु लुम्बिनी बिकास कोषको ढिला सुस्तीकै कारण लुम्बिनीमा ८ महिना देखि रिक्सा थन्किएर बसेको बताउँछन् । ‘पर्यटकहरुलाई सहज रुपमा यात्रा गराउन प्रदुषण मुक्त रिक्सा दातृ निकाय मार्फत आएर ८ महिना सम्म सञ्चालन हुन नसक्नु लाजमर्दो बिषय भएको लुम्बिनी क्षेत्रका पर्यटन ब्यबसायी हरुको भनाई छ ।
प्रति रिक्सा २ लाख रुपैयामा फेदर सलुसनले रिक्सा उपलब्ध गराएको हो । रिक्सामा ८० एम्पीयरका ४ वटा ब्याट्री लाग्दछ । चार वटै ब्याट्री ८ घन्टामा पुर्ण रुपमा चार्ज हुन्छ र चार ब्याट्रीले ८० किलोमिटर औसत सम्म चल्न सक्ने फेदर सलुसनका निर्देशक प्रबिण लाल श्रेष्ठले बताए ।
रिक्सामा ४ जना यात्रु र एक जना चालक बस्न मिल्ने गरी बनाईएको छ । यो रिक्सामा अहिले ८ सय किलोबाटको मोटर राख्दा ३ सय केजि सम्म तौल भार बहन गर्न सक्ने र १ हजार किलोवाटको मोटर राखेमा ६ सय किलो भार बहन क्षमता रहेको छ । रिक्सामा सौर्य शक्ती समेत जडान गर्न मिल्ने गरी बनाईएको छ । यस्को गति प्रति घन्टा १० किमिको दरले रहेकाले दुर्घटनाको जोखिम अत्यन्त न्युन रहेको छ ।
















प्रतिक्रिया