– नरेन्द्रसिंह कार्की
दार्चुला, २४ साउन । नेकपा-माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले साउन २६ गते लिपुलेकको विरुद्ध दार्चुलामा मार्चपास तथा आमसभा गर्ने भएपछि भारतीय सुरक्षा निकायले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ । अखिल क्रान्तिकारीले साउन २६ गते दार्चुलाको लिपुलेक जाऔ भन्ने नारा उद्घोष गरेपछि सीमामा हाइअलर्ट गरेको हो ।
कालापानीबाट भारतीय सेना हटाउन आवश्यक परे हामी रगत बगाउन तयार रहनुपर्छ भन्ने माले महासचिव वामदेव गौतमको अभिव्यक्तिलाई मार्च टोलीका सदस्यहरुले तालीले स्वागत गरेका थिए । तर आज तिनै बामदेव गौतम नेपालका उप प्रधानमन्त्री तथा गृहमन्त्री समेत हुँंदा मौन रहेका छन ।
नेपालसित सीमा जोडिएको दार्चुला सदरमुकाम खलंगाभन्दा माथिल्लो क्षेत्रका सबै ठाउँहरुमा भारतीय सुरक्षाकर्मीहरुको बाक्लो उपस्थित रहेको छ । दुहु क्षेत्रमा जोडिएका सबै क्षेत्रको तुइन काटिएका छन् । भारतीय अनलाइनहरुले पनि धारचुलादेखि कालापानीसम्मको भू भागमा सुरक्षा सर्तकता बढाएको जनाएका छन् ।
भारतको गुञ्जी, कुटी, नाभी, कालापानी लगायत क्षेत्रमा काम गर्ने नेपाली कामदारहरुलाई धारचुला फकाईरहेको तिंकरका स्थानीय महाबुद्ध सिंह बुढाथोकीले जाकारी दिए । यता अखिल क्रान्तिकारीले साउन २६ गते खलंगा सदरमुकामका आमसभा तथा मार्चपासको तयारी गरेको छ । कार्यक्रमको लागि विद्यार्थी संगठका केन्द्रीय नेता खलंगा पुगेका छन् ।
अखिल क्रान्तिकारीले परिस्थितीअनुसार लिपुलेकसम्म जान सकिने जनाएको छ । अखिल क्रान्तिकारीले ‘लिपुलेक जाऔ’ भन्ने अपिल जारी गर्दै लिपुलेक नेपालको भूमी भएको उल्लेख गरेको छ ।
सन् १८१६ को सुगौली सन्धीको दफा ५र सन् १९६० को प्रत्यार्वतन सन्धिको दफा ३ सहित विगतको सबै सन्धी सम्झौताले नेपालको पश्चिमी सीमा काली नदी भएको कुरा स्पष्ट पारेको छ । यसको साथै सन् १८१६, १८१९, १८२७, १८३७, र १८५६ मा ब्रिटेनले प्रकाशन गरेको नक्साले काली नदीको मुहान लिम्पीयाधुरालाई मानेको छ ।
लिपुलेक नेपालको भएको क्रान्तिकारीले निम्न दाबी गरेको छ :
१) इष्ट इन्डिया कम्पनीको बेला सन् १८१७ मा व्यास क्षेत्रबारे विवाद उठ्दा तत्कालीन इष्ट इन्डीया कम्पनीका मुख्य सचिव जे आदमले कुमाउको प्रशासक र काठमाण्डौस्थित ब्रिटेश रेसिडेन्सीलाई लेखेको पत्रमा नेपालसँग भएको मैत्री सन्धी अनुसार व्यास, कुटी, गुन्जी, तुल्सी, न्युराङ, छांगरु, र तिंकर नेपालभित्र पर्ने कुरा उल्लेख छ । १९७४ भदौमा लिपुलेक, तिंकर, कावामल्ला, र छाँगुरुमा नाकाबन्दी गरी नेपाली सेनाका जमदार दानबहादुर चन्दको कमान्डमा कारवाही गरिएको थियो ।
४) सन् १९६१ मा भएको नेपाल चिन सीमा सन्धीमा लिम्पियाधुरालाई त्रिदेशीय विन्दुको रुपमा निश्चित गर्न नसकिए पनि सन्धीको दफा १(१) ले लिम्पीयाधुराको हिमऋखंला सम्मको भूमी नेपालको रहेको स्वीकार गरेको छ ।
५) सन् १९९० को दशकमा भारतले तुल्सी न्यूराङ कालापानीबाट चीन जोड्ने नाका खोल्न प्रस्ताव गर्दा चीनले उक्त भूमी नेपालको भएको बताएको थियो ।
६) सन् १९९९ मा नेपालस्थित चिनियाँ राजदूत गेङजुवङले त्रिदेशीय सीमाबिन्दु महाकालीको उद्गम लिम्पियाधुरासम्म नेपालको सीमा रहेको कान्तिपुर २०५६ भदौ १८ मा बताएका थिए ।
७) नेपाल र चीनबीच भएको नेपाल चीन सीमा सन्धि (Nepal China boundary treaty 5 october 1961) को दफा एकको उपदफा ! मा चीनसँगको नेपालको पश्चिमी सीमा रेखा काली नदी र टिंकर नदीको पानी ढलो सम्मिलित भएको स्थानबाट प्रारम्भ हुन्छ भनिएको छ । यो दक्षिणपूर्वतर्फ कणर््ााँली (मापच’) नदीका सहायक नदी तथा टिंकर नदी र सेती नदीका पानी ढलो हूदै लिपुधुरा हिमालको शृंखला र लिपुधुरा (टिंकर लिपु) भञ्ज्याङबाट गुज्री उराइ (पेल्हिन) भञ्ज्याङतक जान्छ भनिएको छ ।
८) इष्ट इन्डिया कम्पनीद्वारा सन् १८२७ फेब्रुअरी १ मा प्रकाशित गडवाल कुमाउको नक्सामा प्रस्ट रुपमा काली (महाकाली) नदीको उद्गम लिम्पियाधुरा देखाइएको छ . बेलायतबाट सन् १८३०) मा प्रकाशित भएको अर्को नक्सा, १८४६ फेब्रअरी १६ मा लन्डनबाटै प्रकाशित नक्सालगायत त्यसबेलाका सम्पूर्ण दस्तावेजमा काली (महाकाली) नदीको मुहान ‘लिम्पियाधुरा’ उल्लेख छ ।
९) नेपाल – भारत विचको पश्चिमी सीमानाको सबैभन्दा उचो भाग समुद्री सतहबाट ६,१८०) मीटर अग्लो भएको प्रष्ट उल्लेख गरिएको छ जबकी लिपुलेक भन्ज्यांङ्गको उचाइ ५०९८ मीटर रहेको छ भने लिंपियाधुरासंगै जोडिएको पश्चिम तर्फ रहेको पहाडको उचाइ ६१८०) मीटर छ ।
१०) २०३६ देखि २०३८ सम्म दार्चुलाका प्रजिअ भई काम गरेका पूर्व सचिव डा.द्धारिकानाथ डुंगेलले नेपालसरकारलाई दार्चुलाको लिंपियाधुरा –कालापानी क्षेत्रमा भारतीय सैनिकहरुले कब्जा गरेको रिपोर्टिंग गरेका थिए । त्यसपछिका सबै प्रजिअहरुले यो रिपोर्टिंग गर्दै आएका छन ।
हालसम्म कालापानीको बारेमा कसले के गरे ?
२०४८ साल पुष २१ गते मदन भण्डारी, निर्मल लामा, चित्र बहादुर केसी, विष्णबहादुर मानन्धर, नारायणमान विजुक्छे, माधब नेपाल लगायतका नेताहरुद्धारा टनकपुर सन्धि सच्याईनु पर्ने र कालापानीबाट भारतीय सेना हट्नु पर्ने माग गर्दै कन्चनपुर आइ करीब २० औं हजारको जुलुसमा सहभागिता र आमसभा सम्बोधन ।
२०४९ साल मै पम्फा भुषाल, कृष्ण महरा, चित्रबहादुर केसी लगायतका नेताहरुको उपस्थितिमा करीब हजारौ जनताद्धरा ब्रह्मदेव बजारमा विरोध सभा ।
२०५३ सालमा नेकपा एमालेका नेता स्व. प्रेमसिंह धामीद्धारा महाकालीको मुहान लिंपियाधुरा नै भएको दावी गर्दै दार्चुला जिल्ला मालपोत कार्यालयको प्रमाण संसदमा पेश ।
एकीकृत नेकपा माओबादीद्धारा जनयुद्धकाल भरी कालापानीबाट भारतीय सेना हट्नु पर्ने भन्दै ठांउ ठांउमा अभिव्यक्ति दिदै सुरुङग युद्धको समेत तयारी गर्ने धम्की दिएका थिए ।
२०५५ सालमा जेठ २२ गते नेकपा माले क्षेत्रीय व्युरोका तर्फवाट कन्चनपुर जिल्लाका सभापति ऋषिराज लुम्साली र दार्चुला जिल्लाका सभापति गणेशसिह ठगुन्नाको समेत अगवाइमा स्व. प्रेमसिंह धामीकी धर्मपत्नी श्रीमती नन्दा धामी, गणेशसिंह धामी, नरबहादुर धामी, केदारचन्द्र भट्ट, नैनसिंह बोहरा लगायत १७ जना कालापानी क्याम्प पुगेर भारतीय अतिक्रमणको विरोध गरेका थिए ।
कालापानीबाट भारतीय सेना हटाउन आवश्यक परे हामी रगत बगाउन तयार रहनुपर्छ भन्ने माले महासचिव वामदेव गौतमको अभिव्यक्तिलाई मार्च टोलीका सदस्यहरुले तालीले स्वागत गरेका थिए । तर आज तिनै बामदेव गौतम नेपालका उप प्रधानमन्त्री तथा गृहमन्त्री समेत हुँंदा मौन रहेका छन ।
यसको साथै लिपुलेक नेपालको हो भन्ने बलियो आधार छ । तर यसको गहिरो अध्ययनको लागि नेपाल सरकारले कुटनीतिक पहल गर्नुपर्ने देखिन्छ ।
लिपुलेक सम्बन्धीका केही तथ्य प्रमाण । तल संग्लन छ ।


















प्रतिक्रिया