९ कार्तिक २०८३, सोमबार

डाक्टर नहुँदा प्रसुति कक्षमा ताला, गर्भवती महिलाको विचल्ली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

darchula-health-post (2)

– नरेन्द्रसिंह कार्की
दार्चुला, २४ साउन । राप्ला-८ की जानकी धामी गतसाता जिल्ला अस्पताल दार्चुलामा सुत्केरी हुन पुगिन् । स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्य ठिक हुन्छ भन्ने थाहाँ पाएपछि उनी अस्पताल पुगेकी हुन् । तुइन तरेर सदरमुका खलंगा पुगेका उनको सामान्य तवरले सुत्केरी हुन सकेन । उनलाई निःशुल्क प्रसुति केन्द्रमा अप्रेशनद्धारा सुत्केरी गराउनुपर्ने अवस्था आयो । सबै परिवारजन आत्तिए । तर उनी निःशुल्क प्रसुति केन्द्रमा पुग्दा ढोकामा ताला लागेको थियो ।

तीनसाता अघिबाट सञ्चालन भएको अप्रेशन कक्षमा ताला लागेपछि उनको विकल्प तराइका अस्पताल वा नजिकको अस्पताल भारतीय बजार धाउनु थियो । उनी दार्चुला धारचुला जोड्ने पुल हुँदै पिथौरागढ जिल्लामा गएर सुत्केरी भइन् । काम गर्ने जनशक्ति नभएपछि कार्यालयले नै ताला लगाएको छ ।

जिल्ला अस्पतालमै अप्रेशन गर्न सामाग्री तथा भवन सञ्चालनमा रहँदा समेत उनले भारतमै पर निर्भर हुनुपर्यो । निःशुल्क प्रसुति भवन सुविधा सम्पन्न छ । भवन उद्घाटन भएको तीन साता पुगेको छ । एक सातामै दुइ जनाको शल्क्रिया गरेर बच्चा जन्माइएको छ । तर तेस्रो साता हुँदा त्यहाँ काम गर्ने जनशक्ति छैन ।

darchula-health-post (4)

जिल्ला अस्पतालमा लामो समयसम्म काम गरेका पूर्व जनस्वास्थ्य निरीक्षक बीरहरी राई यसलाई जिल्लाको दुर्भाग्य भन्छन् । ‘सेवा दिन सम्पूर्ण उपकरण अत्याधुनिक भवन हुँदा समेत जनशक्ति नहुनु आफैमा दुर्भाग्य हो,’ उनले भने । निःशुल्क प्रसुति केन्द्रमा काम गर्दै आएका डा.नविनचन्द्र भट्टको असारमै करार सकिएपछि प्रसुति केन्द्रमा ताला लागेको हो । जिल्लामा प्रसुति सेवा दिन सक्ने डा. भट्ट मात्र हुन् । उनको करार अवधि सकिएपछि उनी अध्ययनको लागि भन्दै जिल्ला छोडे । डा. भट्टको करार अवधि पनि थपिएन, राइले भने, पैसा नआउने सम्भावना भएपछि उनी अध्ययनको लागि भन्दै गएका हुन् ।

अस्पतालका एक कर्मचारीका अनुसार जिल्ला अस्पतालमा अमेरीकी सहयोगमा मिक्साइमोन नामक संस्थाले काम गर्ने जनाएको छ । मिक्साइमोनले आफ्नै जनशक्तिमा अप्रेशन सम्बन्धी सम्पुर्ण काम गर्ने बताएपछि डा. भट्टको करार थप हुन नसकेको हो ।

मिक्साइमोन आउन अझै समय लाग्ने छ । तीन साता अघि अप्रेशन भवन सञ्चालन पछि हौसिएका जिल्लाबासी फेरी निराश छन् । पुनः पनि भारतमै निर्भर हुनुपर्छ राइ सुनाउँछन् । अमेरिकी संस्था नपुगेञ्जल भएपनि सेवा दिनुपर्थ्र्यो राइले भने । अस्पताल व्यवस्थापन समिति र डा. प्रशासनबीच समन्वय अभाव देखियो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र तिंकरी करार सकिएकोबारे जानकारी नगराएको बताउँछन् । अस्पताल प्रशासनले आफूसँग सल्लाह गरेको भए नियमित सञ्चालन गर्न पहल गर्थे उनले सुनाए । अस्पालमा अप्रेशनमार्फत हुने प्रसुति केन्द्र बन्द भएपछि गर्भवती महिलाहरुले भारतीय बजार धाउनु परेको छ ।

darchula-health-post (3)