काठमाडौं, २४ साउन । शनिबार मध्यराति भएको ६ प्रदेशमा सीमांकनसहितको सहमतिलाई राजनीतिक सहमति तथा सम्वाद समितिको बैठकमा पेस गरी छलफल सुरु हुनेवित्तिकै सभापति डा. बाबुराम भट्टराईमाथि आक्रमण भएको छ ।
विहान ११ बजे सुरु भएको सम्वाद समितिको बैठकमा बहुजन शक्ति पार्टीका सभासद् विसेन्द्र पासवानले असहमतिको पत्रले बाबुरामको मुखमा हिर्काएका हुन् ।
बाबुरामको मुख पत्रले हिर्काउँदै बैठकबाट बाहिर निस्केका सञ्चारकर्मीसँग भने, मैले आफ्नो असहमतिको पत्र पोको पारेर बाबुरामलाई हिर्काए । उनले मलाई किन यस्तो व्यवहार गरेको भनेर सोधे । तिम्लाई मुलुक टुक्र्याउने अधिकार कसले दियो भन्ने प्रश्न गर्दै म बैठकबाट उठेर हिँडे ।’
सहमतिको पत्रले हिर्काएपछि बाबुरामले विचार राख्न पाइने तर अभद्र व्यवहार गर्नेलाई कारवाही गरिने चेतावनी दिँदै पासवानलाई संयमित हुन आग्रह गरेका छन् । पासवानको यस्तो व्यवहार देखेर बैठकका अन्य सदस्यहरु दुःखी भएका छन् ।















प्रतिक्रिया