९ कार्तिक २०८३, सोमबार

मानव शंसाधन समाजको चौंथो राष्ट्रिय सम्मेलन साउन २९ गते हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manab-sansadhan-samaj (2)

काठमाडौं, २४ साउन । मानव शंसाधन समाज नेपालको चौथो राष्ट्रिय सम्मेलन आगामी साउन २९ गते राजधानीमा आयोजना हुने भएको छ ।

समाजले आइतबार विज्ञप्ती जारी गर्दै चौंथो राष्ट्रिय मानव शंसाधन सम्मेलनको सोल्टी होटल, काठमाडौंमा आयोजना हुने जनाएको हो । उक्त एक दिने सम्मेलनमा देश तथा विदेशका १२० मानव शंसाधन प्रमुख र व्यस्थापकहरु तथा यस क्षेत्रमा क्रियाशील व्यक्तिहरुको सहभागिता रहने समाजका अध्यक्ष कुमार जोशीले बताए ।

सम्मेलनमा ‘विपतमा कर्मचारी व्यवस्थापन कसरी गर्ने विषयमा केन्द्रीत रहेर छलफल हुनेछ । विभिन्न क्षेत्रका मानव शंसाधन प्रमुखहरुले महाभूकम्प पछि आफ्नो संस्थाले कर्मचारी व्यवस्थापनमा गरेका उदारणीय कार्यहरुका बारेमा पनि कार्यक्रममा प्रस्तुति समेत दिनेछन् ।

कार्यक्रमका प्रमुख बक्ताका रुपमा अजोय घोषले आफु मानव शंसाधन विज्ञको रुपमा ओमान स्थित एक बहुर्राष्ट्रिय कम्पनिमा कार्यरत हुँदा भोगेको सुनामी पछीको अवस्थामा कर्मचारीहरुको व्यवस्थापन पक्षको अनुभव बाड्नुको साथै भविष्यमा यस्तै विपत्तिमा आफ्ना मानव शंसाधनको कसरी उचित व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

manab-sansadhan-samaj (1)

उक्त सम्मेलनले विपतमा कर्मचारी व्यवस्थापन सम्बन्धमा कस्तो नीति अवलम्बन गर्नुपर्छ भन्ने विषयमा दिशा निर्देश गर्ने उद्देश्य समाजले लिएको छ ।

सम्मेलनमा समाजले महाभूकम्पपछि विभिन्न संस्थाहरुमा कार्यरत कर्मचारीहरुमा परेको मनोवैज्ञानिक प्रभाव र उनीहरुले अनुभव गरेको संस्थागत सहायताका बारेमा गरिएको अनुसन्धनात्मक अध्ययन प्रतिवेदन पनि सार्वजनिक गर्नेछ ।

मानव शंसाधन समाज नेपाल, नेपालमा कार्यरत मानव शंसाधन क्षेत्रमा काम गर्ने पेशेवर व्यक्तिहरुको पेशागत क्षमता अभिवृद्धि गर्ने प्रमुख उद्देश्य भएको गैर राजनीतिक र गैर नाफामूलक संस्थाका रुपमा विगत चार बर्षदेखि काम गर्दै आइरहेको छ ।