रामेछाप, २४ साउन । रामेछापमा एक महिला मृत भेटिएकी छिन् । एनको एकवर्षे छोरा भने जिउँदै रुँदै गरेको अवस्थामा भेटिएको छ ।
मन्थली नगरपालिका१ ठोकरे खोला स्थित मच्छेडाडी सामुदायिक बन भित्रबाट हाल नाम,थर वतन नखुलेकी अंदाजी २५÷३० बर्षीया महिला घोप्टो परी मृत अबस्थामा शनिबार फेला परेकी हुन् ।
बच्चा रोई कराई रहेको भनि स्थानीयबासीले प्रहरीलाई खबर गरे पश्चात प्रहरीले उक्त बनमा मृतक महिला सहित अंदाजी १ बर्षीया बालिका बनमाराको बुटामा रहेको अवस्थामा फेला पारेको थियो ।
बालिकाको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीले महिलाको हत्या भएको हुनसक्ने आशंका गरेको छ ।















प्रतिक्रिया