रौतहट, २४ साउन । रौतहटमा एक वृद्धमाथि खुकुरी प्रहार भएको छ ।
मुडवलवा२ बस्ने ७० बर्षीय नारायण नुनिया धारिलो हतियार प्रहारबाट शनिबार घाइते भएका छन् ।
आप्mनै छोरा राम ईश्वर महतो र बुहारीले टाउकोमा धारीलो हतियार प्रहार गर्दा घाइते भएका नारायणलाई उपचारार्थ गौर अस्पतालमा लगिएको छ । घटना पश्चात उनको छोरा र बुहारी फरार भएकोमा प्रहरीले खोजतलास गर्ने क्रममा आइतबार बिहान गौरको बोडरबाट दुवै जनालई नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न सोही स्थान बस्ने राज किशोर कलवारलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया