८ कार्तिक २०८३, आइतबार

ओखलढुंगामा जड्याहाबाटै कुटिए प्रहरी, यसरी भयो प्रहरीमाथि आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

policeओखलढुंगा, २३ साउन । ओखलढुंगामा शुक्रबार गस्तीमा खटिएको प्रहरीको एक टोलीमाथि आक्रमण भएको छ ।

सिद्धीचरण नगरपालिकामा जड्याहाको समुहले प्रहरीमाथि आक्रमण गरेको हो । प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने सिद्धीचरण नगरपालिका–४ मिलनचोक ४८ वर्षीय होमबहादुर बिक र सोही ठाउँ बस्ने २३ वर्षीय मनोज थापामगरलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

बिकले मादक पदार्थ सेवन गरी अस्थायी प्रहरी बिट मिलनचोकमा कार्यरत प्रहरी जवान प्रकाश ढकालमाथि हातपात गरेका थिए । हातपात गरेपछि उनलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयबासीले प्रहरी बिटमा ढुंगामुढा गरी तोडफोड प्रयास गरेका थिए ।

प्रहरीमाथि ढुंगामुढा गर्दा प्रहरी हवल्दार युबराज थापा तथा प्रहरी जवानहरु हरिप्रसाद साह, जितेन्द्र चौधरी र तुमराज पौडेल घाइते भएका थिए । घाइते प्रहरी कर्मचारीहरु मिशन अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।