८ कार्तिक २०८३, आइतबार

धनगढीमा भाइको कुटपिटबाट दाजुको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatyaधनगढी, २३ साउन । धनगढी नगरपालिका–८ धनगढी गाउँमा घरायसी विवाद चर्किदै जाँदा सहोदर दाजु भाइबीच भएको कुटपिटको घटनाबाट आज एक व्यक्तिको मृत्यु भएको छ ।

आफ्नै भाइ रामकुमार रानाको फलामे रड प्रहारबाट घाइते भएका ३९ वर्षीय दाजु शिवराज रानाको उपचारका लागि भारततर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गएराति घरायसी विवादले उग्र रुप लिएपछि दाजु भाईबीच झगडा भएको थियो । रामप्रसादलाई प्रहरीले पक्राउ गरेको छ । रासस