महेन्द्रनगर, २३ साउन । हिन्दूराष्ट्र माग्दै कञ्चनपुरमा शनिबारदेखि अनिश्चितकालिन रिले अनशन सुरु भएको छ ।
राप्रपा नेपालको अगुवाईमा कञ्चनपुरका समाजसेवी, बुद्धिजिवी र युवा वर्गले आजदेखि कञ्चनपुरको जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनशन सुरु गरेका हुन् ।
‘हिन्दू राष्ट्रसहितको अखण्ड सुदूरपश्चिम घोषणा गर’, जय अखण्ड सुदूरपश्चिम जस्ता नारा बोकेर कञ्चनपुरमा अनिश्चितकालिन रिले अनशन सुरु गरिएको राप्रपा नेपालका केन्द्रीय सदस्य हेमबाबु लेखकले बताए ।

हिन्दु राष्ट्रसहितको अखण्ड सुदूरपश्चिम माग्दै समाजसेवी मदन चन्द, युवावर्ग उत्तम विष्ट, कृष्ण पाण्डेय, भरत बोहरा, प्रकाश चन्द, तर्कराज भट्ट, विरेन्द्र चन्द, सुरेन्द्र चन्द, प्रकाश जोशी लगायतले आजदेखि कञ्चनपुरमा रिले अनशन सुरु गरेका छन् ।
८० प्रतिशत हिन्दु धर्मालम्वी भएको देशलाई धर्म निरपेक्षा बनाउनमा षडयन्त्र भएको भन्दै हिन्दू राज्यको माग गर्दै आन्दोलन सुरु गरेका हुन् ।















प्रतिक्रिया