काठमाडौं, २३ साउन । मालीको राजधानीमा रहेको एक होटलमा अज्ञात बन्दुकधारीले हमला गरी कम्तीमा पनि १२ जनाको हत्या गरेको समाचार छ ।
शुक्रबार राति सो होटलमा हमला गरी ती व्यक्तिको हत्या गरेको समाचारमा जनाइएको छ । मालीका अधिकारीहरुले दिएको जानकारीअनुसार सो होटलमा अज्ञात बन्दुकधारीले त्यहाँ रहेका पाहुनामाथि अन्दाधुन्ध गोली चलाएका थिए ।
मारिनेमा पाँचजना सैनिक पनि परेका बताइएको छ । सो होटलमा उनीहरुले कब्जा गरी हतियारको माध्यमबाट कयौँलाई कब्जा गरेका थिए ।
नियन्त्रणमा लिएकामध्ये चार जनालाई भने प्रहरीले मुक्त गराएको थियो । मध्य मालीको बिब्लोस नामको सो होटलमा उक्त दुर्घटना भएको मालीका सैनिक अधिकारीहरुले जनाएका छन् ।
उनीहरुको कब्जाबाट मुक्त गर्ने क्रममा सैनिकले गरेको कारबाहीमा परी कम्तीमा पनि चार जना हतियारधारी पनि मारिएका छन् ।
मालीको सेनाले सो होटल र नजिकैको स्थानबाट भागेका हतियारधारीहरुको खोजी अभियान जारी राखेका बताइएको छ ।
माली सरकारका प्रवक्ता चोगुल कोकलाले सो होटलमा आक्रमण गर्ने हतियारधारीको खोजी अभियान जारी रहेको जानकारी दिनुभएको छ । आक्रमणमा कसको संलग्नता छ भन्ने बारेमा केही नखुलेको जानकारी पनि उहाँले दिनुभएको छ । रासस/सिन्ह्वा
















प्रतिक्रिया