८ कार्तिक २०८३, आइतबार

विवाद मिलाउन कैलाली-कञ्चनपुरमा जनमत संग्रह गरौं : सिँचाइ मन्त्री साउद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Top-bdr-Np-and-prakash-jwala

काठमाडौं, २३ साउन । सिंचाइ मन्त्री एनपी साउदले कैलाली र कञ्चनपुरलाई कुन प्रदेशमा राख्ने भन्ने विषयमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव सार्वजनिक गरेका छन् ।

शनिवार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मन्त्री साउदले सुदुरपश्चिमका नौ जिल्ला एकै ठाँउमा हुनुपर्ने भन्दै कैलाली र कञ्चनपुरलाई सेती महाकालीमा राख्ने की थारुवानमा राख्ने भन्ने विषयको विवाद मिलाउन जनमत संग्रहको प्रस्ताव अघि सारेका हुन् ।

‘बाहिरको मानिसहरुलाई कैलाली र कञ्चनपुर कहाँ राख्ने भन्ने निर्णय गर्ने अधिकार कसले दियो ? यो कसैको राजनीतिक विर्ता होइन ।’ चेतावनीको भाषामा उनले भने ।

कांग्रेस नेता समेत रहेका साउदले आफ्नो क्षेत्रको निर्णय गर्ने अधिकार त्यहीका जनताले पाउनुपर्ने बताए । आफू कञ्चनपुरको थारुबाहुल्य क्षेत्रबाट विजय भएर आएको भन्दै उनले त्यहाँका जनताले पनि कैलाली कञ्चनपुर सेती र महाकालीमै रहनु पर्ने जनमत दिएको दाबी गरे ।

उनले भने-‘सुदूरपश्चिममा थप्न सकिन्छ तर घटाउन सकिँदैन । त्यो हामीलाई स्वीकार्य छैन । कैलाली र कञ्चनपुर पहिचान र सामथ्र्यको दृष्टिकोणले पनि एक ठाँउमा छन् ।’

मन्त्री साउदले सङ्घीयतासहित संविधानका अन्य विवादित विषयलाई सहमतिका आधारमा टुङ्गो लगाउँदै युगौँदेखि उत्पीडनमा पारिएको दलित, महिला, मधेसी लगायतको अधिकार सुनिश्चित गरी जतिसक्दो चाँडो संविधान जारी गर्नुपर्ने समेत बताए ।

नेकपा एमालेका नेता प्रकाश ज्वालाले जनताको चाहना र भावनाको प्रतिनिधित्व हुनेगरी संविधान जारी गर्नुपर्ने भन्दै पहिलो मस्यौदामा आएका जनताका सुझावलाई जतिसक्दो धेरै संविधानमा समावेश गर्नुपर्नेमा जोड दिए ।

संविधानका विवादित विषयमा पछि टुङ्गो लगाउने गरी विज्ञलाई जिम्मा लगाएर भए पनि संविधान जारी गर्नुपर्ने उनको भनाइ छ ।

एकीकृत नेकपा माओवादीका सचिव टोपबहादुर रायमाझीले पहिचान र सामथ्र्यका आधारमा संविधान जारी गर्नुपर्ने बताए ।