८ कार्तिक २०८३, आइतबार

पहिरोले बगाएर यात्रु बोकेको बस तिनाउ नदीमा खस्यो, दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tinau-riverबुटवल, २३ साउन । सिद्धार्थ राजमार्ग बुटवल-पाल्पा सडकखण्डमा पर्ने दोभान नजिकै सिद्धबाबामा अपराह्न २ बजेतिर पहिरो खस्दा पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु१ख ५७७१ नंको बस तिनाउ नदीमा खसी दुर्घटनामा परेको छ ।

बसमा सवार २६ जनामध्ये अहिलेसम्म दुई जनाको शव भेटिएको छ । करिब १५ जना जति यात्रु बस एकै छिन रोकिँदा ओर्लिएकाले सुरक्षित रहन सफल भएका छन् ।

बसमा अझै करिब आठ जना रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल उद्धारमा खटिएका छन् । रासस