३० आश्विन २०८३, शुक्रबार

गोमा एयरको तुम्लिङटारमा उडान सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goma air (2)

संखुवासभा, २३ साउन । गोमा एयरलाईन्सले संखुवासभा स्थित तुम्लिङटार बिमानस्थलमा उडान सुरु गरेको छ ।

१८ सिट क्षमता भएको गोमा एयरले हाललाई हप्ताको ३ पटक उडान भर्ने स्टेशन मेनेजर शेरबहादुर गुरुङले बताए । उनका अनुसार आईतबार, बुधबार र शुक्रबार उडान भर्नेछ । उडानको आवश्यकता हेरेर भदौको पहिलो हप्तादेखि नियमित उडान भर्ने योजना रहेको उनले सुनाए । केहि दिनको उडान पछि दशैलाई टिकट बुकिङ सुरु गरिने गुरुङले बताए ।

उक्त जहाजबाट गृह जिल्ला आईपुगेका सभाषद तारामान गुरुङले अव संखुवासभा र आसपासका जिल्लाका नागरिकले जहाज चढ्न पालो पर्खेर बस्नु नपर्ने बताए । जहाज हप्तामा तीन पटक मात्र नभएर दैनिक उडान भर्न समेत गोमा एयर संचालकसंग माग गरे ।

गोमा एयरको उडान सगै तुम्लिङटारमा उडान भर्ने बिमानको संख्या ३ पुगेको छ । यस अघि बुद्ध र यति एयरले दैनिक उडान भर्दे आएको थियो । उडान संख्या थप भएसँगै टिकट नपाएर सास्ती भोग्दै आइरहेका यात्रुले अब सास्ती खेप्नु नपर्ने उनले बताए ।