महेन्द्रनगर, २३ साउन । कञ्चनपुरको भीमदत्तनगरपालिकाले अत्याधुनिक दमकल सेवा सुरु गरेको छ ।
पाँच हजार लिटर पानी बोक्ने क्षमता, दुईवटा सिलिन्डर लगायतका आधुनिक सुविधा सम्पन्न दमकल स्थानीय विकास मन्त्रालयको ९० प्रतिशत र भीमदत्तनगरपालिकाको १० प्रतिशत गरी रु ६५ लाखमा खरिद गरिएको भीमदत्तनगरपालिका कार्यालयका इन्जिनियर हिमालयसिंह ऐरले बताउनुभयो ।
नगर तथा अन्यत्र क्षेत्रमा जनसङ्ख्यामा वृद्धिसँगै आगलागीका घटना बढ्न सक्ने सम्भावित विपद् सामना गर्न दमकललगायतका सामग्री तयारी हालतमा राखिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकासँग रहेको पुरानो दमकल पनि मर्मतसम्भार गरी सञ्चालनमै राखिएको छ ।















प्रतिक्रिया