काठमाडौं, २३ साउन । राजाको अवहेलना गरेकोे अभियोगमा थाई सैन्य अदालतले एक पुरुषलाई ३० वर्ष र एक महिलालाई २८ वर्ष जेल सजाय सुनाएको छ ।
थाइल्याण्डमा राजा भूमिबल अदुल्यादेजको आलोचना गर्न नपाइने कानुनअनुरुप सबैभन्दा कडा सजाय यसपटक दिइएको कान्तिपुर दैनिकले छापेको छ ।
सामाजिक संजाल फेसबुकमा लेखमार्फत राजालाई गाली गरेको भन्दै ती पुरुष र महिलालाई हदैसम्मको सजाय सुनाइएको हो । गत वर्ष कु भएयता राजालाई गाली गर्न नपाइने कानुन व्यापक हिसावले सक्रिय पारिएको छ ।















प्रतिक्रिया