जाजरकोट, २२ साउन । एक किलोमिटर पार गर्न जाजरकोटवासीलाई रु २० तिर्नुपर्ने बाध्यता छ ।
जाजरकोट सदरमुकाम खलङ्गादेखि रिम्नाघाटसम्म जम्मा १६ किलोमिटर सडक छ । उक्त सडक पार गर्न गाडी भाडा भने रु ३२० तिर्नुपर्ने स्थानीयवासीको भनाइ छ ।
बसले रु एक सय लिँदै आएकामा वर्षात्का कारण उक्त सडकखण्डमा पर्ने होलुखोला बढेपछि बस सेवा बन्द छ तर निजी भाडाका जिप दुईतर्फी रुपमा चल्ने गरेका छन् । खलङ्गा थाप्लेदेखि होलुखोलासम्म करिब पाँच किमी सडकमा रु १५० र बाँकी ११ किमी सडकमा रु १७० गरी रु ३२० भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी सहदेव बस्नेतले गुनासो गर्नुभयो ।
उहाँले सम्बन्धित निकायमा बारम्बार चर्को भाडा दर घटाउन माग गर्दा पनि सुनुवाइ नभएको बताउनुभयो । यसबारेमा कतैबाट उजुरी नआए पनि यातायात व्यवसायीसँग बसेर टुङ्गो लगाउने स्थानीय प्रशासनले जनाएको छ । रासस















प्रतिक्रिया