काठमाडौं, २२ साउन । साथी जेलमा रहेका बेला एक व्यक्तिले ३ लाख रुपैयाँ ठगी गरेका छन् ।
बैंकिङ कसुर गरी ठगी गर्ने काभ्रे कोशीदेखा गाविस–८ बस्ने ४० वर्षीय लुङबहादुर लामालाई महानगरीय अपराध महाशाखाले काठमाडौं डल्लुबाट शुक्रबार पक्राउ गरेको छ ।
मकावानपुर टिस्टुङ्ग गाविस–७ बस्ने सुकराम घलान रोजगारीको क्रममा साउदी अरब गएकोमा १५ महिना अगाडि साउदीमै जेल परेको र आफ्नो सम्पूर्ण सामान एवं चेकसमेत आफनो भतिजा नाता पर्ने वलराम घलानले पाउने गरी नेपाल पठाएकोमा लुङ्गवहादुर लामाले पीडीतको चेकमा आफै दस्तखत गरी ३ लाख निकाली लिई बैंकिङ कसुर ठगी गरेको खुल्न आएको छ
लामालाई बैंकिङ्ग कसुर अपराधमा आवश्यक कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।















प्रतिक्रिया