८ कार्तिक २०८३, आइतबार

विषालु च्याउ खाँदा एकै घरका दुईजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालीकोट, २२ साउन । सदरमुकामसँगै जोडिएको कालीकोट जिल्लाको बदालकोट गाविस–२ बरातु गाउँमा जङ्गली च्याउ खाँदा एकै घरका दुईजनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय होइजाली रोकाया र १७ वर्षीया ममता रोकाया रहेको कालीकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार वनबाट ल्याएको च्याउको तरकारी बनाएर खाएको केही समयमै होइजालीको मृत्यु भएको थियो भने ममतालाई जिल्ला अस्पताल कालीकोटमा उपचार गराउँदा गराउँर्दै आज बिहान मृत्यु भयो । मृतक दुवैजनाको आज बिहान आफन्तजनले दाहसंस्कार गरेका छन् । रासस