कुनमिङ् (चीन), २२ साउन । एकजना प्राथमिक चिनियाँ शिक्षकलाई छात्राहरूमाथि बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेकोे छ ।
लु थर भएका शिक्षकमाथि पीडित भनिएकी बालिकाले आफ्ना अभिभावकसँग आफ्नै शिक्षकबाट आफू बलात्कृत भएको बताएपछि गएको जुलाई २९ तारिखमा प्रहरीमा उजुरी गरिएकोे थियो ।
ती बालिका लु मुझाउ सहरको मोहेई प्राथमिक विद्यालयमा अध्यापनरत् भएको बताइएको छ । उनीसँग अन्य थुप्रै स्कुले बालिकामाथि बलात्कार गरेको समेत आरोप लगाइएको छ ।
चिनियाँ बालिका बलात्कार भएको चिनियाँ सञ्चारमाध्यमबाट सार्वजनिक रुपमा प्रशारण भएपछि प्रशासनमाथि कारर्बाहीका लागि दबाब परेको थियो ।
पीडित छात्राहरू आफ्ना बाबुआमा काममा व्यस्त रहने भएकाले आफन्तकोमा बसेर अध्ययन गरिरहेको बताइएको छ । रासस/सिन्ह्वा















प्रतिक्रिया