३० आश्विन २०८३, शुक्रबार

अफ्रिकी राष्ट्र कंगोमा शक्तिशाली भूकम्प, २ बालिकाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cango

एजेन्सी । मध्य अफ्रीकी देश कांगोमा आज विहान भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।

भूकम्पमा परी दुई बालिकाको मृत्यु भएको खबर प्राप्त भएको छ । अमेरिकी भौगर्भिक संस्था (यूएसजीएस)का अनुसार कांगो के बुकावु शहरलाई केन्द्रविन्दु बनाएर ५.६ रेक्टर स्केलको ठूलो धक्का महसुस गरिएको हो ।

यसको केन्द्र कांगोको बुकावु सहरबाट ३९ किलोमिटर उत्तर रवांडाको सीमा आसपास जमिनको १० किलोमिटर गहिराई भएर गएको थियो । त्यहाँको स्थानीय समय अनुसार, भूकम्पको झट्का विहान ३ बजेर २५ मिनेटमा महसूस गरिएको थियो ।

भूकम्पले लाखौंको धनसम्पत्तिको क्षति भएको समाचार प्राप्त भएको छ । मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।