४ कार्तिक २०८३, बुधबार

मलेसियाले फ्रि टिकटमा नेपाली कामदार लैजाने, चार सय ७० कामदारको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malesiyaकाठमाडौं, २२ साउन । मलेसियाली रोजगारदाता कम्पनीहरुले नेपाल सरकारको पछिल्लो निर्णयअनुसार फ्रि भिसा फ्रि टिकटमा नेपाली कामदार लिने प्रक्रिया अघि बढाएका छन् ।

मलेसियाका रोजगारदाता कम्पनीहरुले नेपाली कामदार ल्याउन नेपाली दुतावासमा मागपत्र प्रमाणीकरणका लागि धमाधम पेश गर्न थालेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

यहाँस्थित नेपाली दुतावासका अनुसार विभिन्न १७ कम्पनीले फ्रि भिसा फ्रि टिकट दिएर ४ सय ७० नेपाली कामदार ल्याउनका लागि प्रमाणीकरण गर्न कागजात दुतावासमा पेश गरेको यहां स्थित नेपाली दुतावासले जनाएको छ ।

दुतावासले बिहीबार एक विज्ञप्ती प्रकाशन गर्दै १० महिला र ४ सय ६० पुरुष कामदारको मागपत्र उपर छानवीन गरि ती कम्पनीहरुको निरिक्षणपछि मागपत्र स्विकृत गरि पठाउने प्रक्रियामा रहेको जनाएको छ ।

सरकारले गत असार २१ गते फ्रि भिसा फ्रि टिकटमा मात्र कामदार खाडी र मलेसिया पठाउने निर्णय गरेको थियो ।