८ कार्तिक २०८३, आइतबार

टेपलिज नयाँ अमेरिकी राजदूत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

AlainaBTeplitz_194_1काठमाडौँ, २१ साउन । अमेरिकी सिनेटले नेपालका लागि आफ्नो राजदूतमा वरिष्ठ कूटनीतिज्ञ एलियानिया बी टेपलिजलाई अनुमोदन गरेको छ ।

सिनेटको बुधबारको बैठकले उहाँलाई नेपालका लागि नयाँ राजदूतमा अनुमोदन गरेको अमेरिकी विदेश मन्त्रालयले आज जनाएको छ ।

चौबीस वर्षअघि कूटनीतिक सेवा प्रवेश गर्नुभएकी उहाँले जर्जटाउन विश्वविद्यालयबाट स्नातकोपाधि हासिल गर्नुभएको छ । सिनेटबाट राजदूतमा अनुमोदित टेपलिजले बङ्गलादेश, अफगानिस्तान, बेल्जियम, अष्ट्रेलिया र अल्वानियामा सेवा गरिसक्नुभएको छ ।

नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडी नेपालमा आफ्नो कार्यकाल पूरा गरी चाँडै सेवा निवृत्त हुँदैहुनुहुन्छ । रासस