८ कार्तिक २०८३, आइतबार

रुपन्देहीमा ७१ प्रहरी कर्मचारीलाई कारवाही, ५१ लाई पुरस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police-logo– विवेक विश्वकर्मा
भैरहवा, २१ साउन । रुपन्देहीमा यसवर्ष ७१ जना प्रहरी कर्मचारी कारवाहीमा परेका छन् ।

जिल्ला प्रहरी रुपन्देही मातहत खटिएका आचरणबिरुद्ध काम गर्ने ७१ जना प्रहरी कर्मचारीलाई कारवाही गरिएको तथ्याङ्क विहीबार सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्यांक अनुसार २ जना प्रहरी निरीक्षक सहित ७१ जना प्रहरीलाई कारवाही गरिएको हो ।

प्रहरी संगठनको आन्तरिक शुद्धिकरण गर्न मर्यादा बिपरीत कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई कारवाही गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी राजेन्द्र ढकालले बताए । आर्थिक बर्ष ०७१÷०७२ मा २ जना प्रहरीलाई सख्त चेतावनी दिई सचेत गरिएको छ । यस्तै, २ जना प्रहरी नायब निरीक्षक, ४ जना प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार ३ जना, प्रहरी जवान ५ जना गरि जम्मा १६ जनालाई सख्त चेतावनी दिएको एसपी ढकालले जानकारी दिए ।

तथ्याङ्क अनुसार यस वर्ष २ जना सई, १ जना असई, १० जना प्रहरी हवल्दार र २२ जना प्रहरी जवान गरी ३५ जनालाई नसिहत दिईएको छ । तथ्याङ्क सार्वजनिक गर्दै एसपी ढकालले आफ्नो पदीय मर्यार्दा विर्सेर अपराधिक र गैरकानुनी क्रियाकलाप संलग्न प्रहरी कर्मचारीलाई कारवाही गरेको बताए ।

कार्यवाही हुनेहरुमा सई १ जना, असई १ र प्रहरी जवान ४ जना गरि जम्मा ६ जनाको ग्रेड घटुवा र रोक्का गरिएको छ । यसै गरि १ प्रहरी हवल्दार र ३ प्रहरी जवान गरि ४ जना प्रहरी कर्मचारीको पदोन्नती रोक्का गरिएको रुपन्देही प्रहरीले जनाएको छ । सोही क्रममा २ जना प्रहरी हवल्दारको घटुवा समेत गरिएको छ भने १ जना सई र ४ जना प्रहरी जवान गरि ५ जनालाई सेवाबाट हटाईएको रुपन्देही प्रहरी प्रमुख ढकालले बताए । १ सई, १ असई, १ प्रहरी जवान गरि ३ जना निलम्बनमा रहेको ढकालले जनाए ।

यस्तै, प्रहरीले यस वर्ष ५८ जना प्रहरी कर्मचारीहरुलाई उत्कृष्ठ जिम्मेवारी निभाएको भन्दै प्रोत्साहन स्वरुप पुरस्कृत गरेको छ । २ जना प्रहरी नायब उपरीक्षक (डिएसपी), ११ प्रहरी निरीक्षक, ८ सई, ७ असई, १० प्रहरी हवल्दार र २० प्रहरी जवान गरी ५८ जना पुरस्कृत भएको एसपी ढकालले जानकारी दिए ।