८ कार्तिक २०८३, आइतबार

छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन कैलाली लम्कीचुहा नगरपालिका-२ बलचौरमा भे.३ प ९४४८ नम्बरको मोटरसाइकलले भैसीलाई ठक्कर दिँदा भएको दुर्घटनामा चालक लम्कीचुहा–१५ बस्ने २० वर्षीय राजबहादुर बिष्टको बिहिबार मृत्यु भएको छ । दुर्घटनामा बिष्ट र मोटरसाइकल पछाडी सवार लम्कीचुहा–११ बस्ने २० वर्षीय कविराम जोशी गम्भीर घाइते भएपछि उपचारको लागि लालरत्न अस्पताल लम्की पठाएकोमा मेडिकल कलेज कोहलपुरमा लगि थप उपचारको क्रममा बिष्टको मृत्यु भएको हो ।

यसैगरी मोरङ्ग बिराटनगर–१७ मलाया रोडमा पार्किङ गरी राखेको को.१ च ३३३२ नम्बरको माइक्रोबसमा को.८ प ७१६१ नम्बरको मोटरसाइकल बिहिबार ठोक्किदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भोजपुर ओख्रे–४ बस्ने ३० वर्षीय नलराज राईका बुवा ५३ वर्षीय पन्चकुमार राईको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालक नलराजको सोही अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रामेछाप मन्थली नगरपालिका–११ मन्थली–सेलेघाट सडकमा ना.१ ज ४४१८ नम्बरको टाटासुमो गाडी बिहिबार दुर्घटना हुँदा गम्भीर घाइते भएकी दोलखा घ्याङसुकाठोकर–५ बस्ने ३२ वर्षीया सरिता तामाङको तामाकोशी अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको छ । अर्का घाइते सोही ठाउँ बस्ने ३२ वर्षीया शर्मिला तामाङ र २६ वर्षीया बिष्णु तामाङलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।