बागलुङ, २१ साउन । धौलागिरी अञ्चलमा तीन बर्षयता सवारी दुर्घटना ह्वात्तै बढेको धौलागिरी अञ्चल प्रहरी कार्यालयले जनाएको छ ।
तीन बर्ष यता धौलागिरी अञ्चलमा २ सय २१ वटा सवारी दुर्घटनामा १ सय ९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ४ सय १ जना घाईते भएका छन् । पहाडी जिल्लाहरुमा बाटोको अवस्था खराब हुँदा सवारी दुर्घटना बढेको हो ।
धौलागिरी अञ्चलमा सबैभन्दा बढी दुर्घटना बागलुङमा हुने गरेको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष बागलुङमा मात्रै ९६ सवारी दुर्घटना भएका छन् । यस्तै पर्वतमा ७४, म्याग्दीमा ४१ र मुस्ताङमा १० वटा सवारी साधनहरु दुर्घटना भएको तथ्याङक सार्वजनिक भएको छ । दुर्घटना भएका सवारी साधन मध्ये मृत्यु हुनेको संख्या बागलुङमा ३०, पर्वतमा ३३, म्याग्दीमा ४१ र मुस्ताङमा ५ रहेको छ । घाईतेको संख्यामा बागलुङमा २ सय ३३, पर्वतमा ४१, म्याग्दीमा ९१ र मुस्ताङमा ३६ जना रहेका छन् ।
बागलुङ, म्याग्दी र मुस्ताङमा दुर्घटना बढ्दा यस वर्ष पर्वतमा भने सवारी दुर्घटनाको संख्यामा कमी आएको छ । प्रहरी बरिष्ठ उपरीक्षक सुवासचन्द्र चौधरीले पहाडी जिल्लामा भौगोलिक विकटताका कारण दुर्घटना बढेको बताए । चालकको लापरवाहीका कारण र गाडीको अवस्था राम्रो नहुँदा पनि दुर्घटना चालकहरु आफू स्वयंले गर्ने गरेको एसएसपी चौधरीको भनाई छ ।
















प्रतिक्रिया