८ कार्तिक २०८३, आइतबार

काठमाडौंमा आफ्नै घरमा बस्ने युवतीलाई बलात्कार गर्ने घरबेटी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RAPEकाठमाडौँ, २१ साउन । आफ्नो घरमा घरायसी काम गर्न राखेकी १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने मुद्दामा अदालतबाट दोषी ठहरिएर फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सर्लाही हरिवन गाविस वडा नं २ घर भई हाल जिल्ला काठमाडौँ सिनामङ्गल बस्ने ७२ वर्षीय भरत शर्मा भन्ने पुष्पलाल उप्रेतीलाई पक्राउ गरेको हो ।

उप्रेतीले २०६७ देखि २०६९ सालसम्म घरमा काम गर्न राखेकी बालिकालाई पटकपटक घरमा कोही नभएको मौका पारी ज्यान मारिदिने धम्की दिई जबर्जस्ती करणी गर्ने गरेको सम्बन्धमा माइती नेपालका तर्फबाट जाहेरी दरखास्त दिएकामा काठमाडौँ जिल्ला अदालतको गत वर्ष कात्तिक २३ को फैसलाले आठ वर्ष कैद सजाय हुनुका साथै प्रतिवादीबाट पीडितले पाउने गरी रु एक लाख क्षतिपूर्ति दिलाई भराइदिनुपर्ने गरी फैसला गरेकोमा उप्रेती फरार रहेका थिए ।

यसैगरी, सरकारी छाप दस्तखत कीर्ते मुद्दामा पुनरावेदन अदालत राजविराजबाट गतवर्ष मङ्सिर २६ को फैसलाअनुसार एक वर्ष कैद र रु ५० जरिवाना ठहर भई कैद तथा जरिवाना बेरुजु रही हालसम्म फरार रहेका नुवाकोट बेलकोट गाविस घर भई हाल जिल्ला काठमाडौँ नागार्जुन डेरा गरी बस्ने ४३ वर्षीय लीलाबहादुर तामाङलाई आज ब्युरोको टोलीले पक्राउ गरेको छ ।

सोलुखुम्बु जिल्ला, नेचाबतासे गाविस घर भई सिङ्गापुर बस्ने रिवाज राईको राहदानी हराएकाले सिङ्गापुरबाट नेपाल आउन नाबालक परिचयपत्र आवश्यक पर्ने भन्ने कुराको जानकारी लिई तामाङले रु २५ हजार लिएर २०६९ सालमा राईको नामको नक्कली नाबालक परिचयपत्र बनाइदिएका थिए । रासस