काठमाडौं, २१ साउन । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका पूर्व अध्यक्ष हरिप्रसाद जोशी प्रेस चौतारी नेपालको केन्द्रीय सल्लाहकारमा नियुक्त भएका छन् ।
विहीबार प्रेस चौतारी नेपालको केन्द्रीय सचिवालय बैठकले जोशीलाई केन्द्रीय सल्लाहकारमा नियुक्त गरेको हो । बैठकले नेपाल पत्रकार महासंघ कैलाली शाखाका केन्द्रीय सभासद हेमकर्ण विकलाई सेती अञ्चलबाट केन्द्रीय सदस्यमा चयन गरेको छ । सेती अञ्चलमा निर्वाचित केन्द्रीय सदस्य विनोद थापा अमेरिका गएपछि केन्द्रीय सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
यसैबीच नेपाल पत्रकार महासंघका सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहले सामाजिक सञ्जालमार्फत केन्द्रीय सल्लाहकार र केन्द्रीय सदस्यमा नियुक्त भएका जोशी र विकलाई वधाई ज्ञापन गरेका छन् ।















प्रतिक्रिया