सप्तरी, २१ साउन । विगत एक सातादेखि फैलिएको झाडापखालाबाट सप्तरीको मलेठ गाविस–८ स्थित मुसहर बस्तीमा एकै परिवारका चारजना सिकिस्त बिरामी परेका छन् । बिरामी पर्नेमा स्थानीय गागिया देवी सदा, प्रियतम सदा, रुन्द्री देवी सदा र करण रहेका छन् ।
त्यस्तै, सो वस्तीमा झाडापखालाका कारण अन्य केही व्यक्तिसमेत बिरामी परेका छन् । सोही ठाउँका मुक्ति सदा, अभिषेक सदा, पूजा यादव, मीरा देवी दास, बौवालाल सदालगायत दर्जनौं व्यक्ति प्रभावित भएको स्थानीय बचेलाल यादवले जानकारी दिनुभएको छ ।
झाडापखालाबाट सिकिस्त भएका बिरामीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अन्यको स्थानीय उप–स्वास्थ्य केन्द्रमा उपचार थालिएको बताइएको छ । रासस















प्रतिक्रिया