– अनिल खत्री
गुल्मी, २१ साउन । खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका मुसिकोटका एक ब्यक्ति ६ दिनपछि मृत अवस्थामा फेला परेका छन् ।
मुसिकोट ६ भmरुवा निवासी ५८ बर्षीय बल बहादुर कुमाल बुधबार राति रुरु गाविसको बडीगाढ खोलाको किसनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
गत साउन १४ गते बेलुकी करिव १० बजे बडिगाड खोलामा डडिया लिएर माछा मार्न हिँडेका कुमाललाई माछा मार्ने क्रममा बडीगाढ खोलाले बगाएको थियो ।















प्रतिक्रिया