चितवन, २१ साउन । अघिल्ला दुई वर्षसम्म निस्क्रिय रहेका २१ वटा सहकारीलाई सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरले खारेज गरेको छ ।
खारेज भएकामा बचतका छवटा, दुग्ध उत्पादकका पाँच वटा, कृषिका तीन वटा, बहुउद्देश्यीयका दुई वटा र सामाजिक उद्यमी, उपभोक्ता, जडीबुटी, स्वास्थ्य एवम् विद्युत् वितरणका एक–एक वटा रहेका छन् । कारोबार नियमित नभएका, समयमा लेखा परीक्षण नगरी दुई वर्ष यता निस्क्रिय रहेका २९ वटा सहकारीलाई सहकारी ऐन २०४८ को दफा ४१ अनुसार दर्ता खारेज गरेको सूचना अधिकृत श्रीकृष्ण नेपालले बताउनुभयो ।
“सम्पर्कमा नआएका सहकारीलाई खारेज गरिएको हो” उहाँले भन्नुभयो । सो कार्यालयमा ६५८ वटा सहकारी दर्ता भई सञ्चालनमा रहेका छन् । रासस















प्रतिक्रिया