८ कार्तिक २०८३, आइतबार

प्रहरीका मोस्टवान्टेड मण्डेलाद्वारा आत्मसमर्पण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mandelaताप्लेजुङ, २० साउन । सर्वाधिक खोजीको सूचीमा रहेका ताप्लेजुङ साँवाका सागर लिम्बू ‘मण्डेला’ ले आज प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

विगत छ वर्षदेखि आफूविरुद्ध कर्तव्य ज्यानलगायत तीन मुद्दा लागेपछि फरार रहँदै आएका लिम्बूलाई पटकपटक प्रहरीले पक्रन खोजे पनि छक्याएर भाग्न सफल हुँदै आएका थिए ।

पटकपटक प्रहरी र राजनीतिक दलबाट आत्मसमर्पण गर्न सुझाव आएपछि आफूले आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मलेनमा उनले बताए ।

लुकिछिपी बस्दै आएका उनलाई गत फागुनको पहिलो साता प्रहरीले घरबाटै नियन्त्रणमा लिने प्रयास गर्दा लिम्बू र प्रहरीबीच गोली हानाहानसमेत भएको थियो । लिम्बूमाथि २०६६ माघ १४ गते राति आफ्नै छिमेकी २५ वर्षीय रामबहादुर गुरुङमाथि वैवाहिक भोज कार्यक्रममा धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग छ ।

भौगोलिक विकटता, सञ्चार संयन्त्रको अभाव, भेडी गोठमा लुकीछिपी बस्ने गरेका कारण लिम्बूलाई समयमै पक्राउ गर्न नसकिएको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो । रासस