३० आश्विन २०८३, शुक्रबार

यस्तो बन्दैछ तराई-मधेस द्रुतमार्ग, अध्ययन गर्न उपसमिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

road_20150715091410काठमाडौँ, २० साउन । व्यवस्थापिका–संसद्, अर्थ समितिको आजको बैठकले काठमाडौँ–तराई/मधेस द्रुतमार्गको आर्थिक, भौतिक, प्राविधिकलगायत विषय अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिका सभापति प्रकाश ज्वालाको सभापतित्वमा भएको उक्त बैठकमा निजगढ विमान स्थल र काठमाडौँ–तराई मधेस द्रुतमार्गको बजेट व्यवस्थापन सम्बन्धमा छलफल भएको थियो । संविधानसभा (व्यवस्थापिका–संसद्को कार्य सञ्चालन) नियमावली, २०७० अनुसार गठित अध्ययन उपसमितिमा कमला पन्त, केशव बडाल, गरिमा शाह, गोपाल दहित, जगदिश्वर नरसिंह केसी, विक्रम पाण्डे र शक्ति बस्नेत हुनुहुन्छ । उपसमितिले सदस्यमध्येबाट एकजनालाई संयोजक तोक्नेछ ।

काम थालेको १५ दिनभित्र उपसमितिले सम्बन्धित विज्ञ, विशेषज्ञ र प्रावधिकसँग छलफल गरेर समितिसमक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ । रासस