३० आश्विन २०८३, शुक्रबार

‘ब्याट फर नेपाल’का लागि विश्व-११ टोली घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jaya-syrya-shreelinkaकाठमाडौँ, २० साउन । नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले आगामी आइतबार मलेसियाको किनरारा ओभलमा हुने क्रिकेट खेलमा नेपालविरुद्ध मैदानमा उत्रने विश्व—११ टोलीको नेपाल क्रिकेट सङ्घ (क्यान)ले घोषणा गरेको छ ।

‘ब्याट फर नेपाल’ नाम दिइएको उक्त अभियानमा खेल्ने विभिन्न देशका खेलाडी सम्मिलित विश्व-११ टोलीको कप्तानी श्रीलङ्काली पूर्व खेलाडी सनथ जयसूर्याले गर्नेछन् ।

अन्य खेलाडीमा पाकिस्तानका पूर्व विकेट किपर रसिद लतिफ, बङ्गलादेशका पहिलो टेस्ट कप्तान अमिनुल इस्लाम, अब्दुर रज्जाक, शोहाग गाजी, अस्ट्रेलियाका स्टिभ ओकिफे र मार्कुस स्टाइनिस, मलेसियाका सुरेश नवरत्नम, अहमद फैज, भारतका बेणुगोपाल राव तथा सिङ्गापुरका चेतन सूर्यवंशीको नाम छ । खेल २० ओभरको हुनेछ । रासस