८ कार्तिक २०८३, आइतबार

चार दिनपछि नेपालमा फेरि भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-earthquakeकाठमाडौं, २० साउन । चार दिनपछि नेपालमा बुधबार दिउँसो भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएको भूकम्पको चार दिनपछि आज दोलखालाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको हो ।

केन्द्रका अनुसार १ बजेर ५९ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि शनिबार सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टरको भूकम्प गएको थियो ।

earth-quake