८ कार्तिक २०८३, आइतबार

काँग्रेस नेता सूर्यप्रसाद प्रधानको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sury-pradhanबुटवल, २० साउन । नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद सूर्यप्रसाद प्रधानको निधन भएको छ ।

बुटवल निवासी प्रधानको ७४ वर्षको उमेरमा आज बिहान लुम्बिनी अञ्चल अस्पताल बुटवलमा निधन भएको हो । राति एक्कासि बेहोस हुनुभएका प्रधानलाई तत्कालै अस्पताल पु¥याइएको थियो ।

बिहान ६ः१५ बजे निधन भएको लुम्बिनी अञ्चल अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिनुभयो ।

विसं १९९७ मा पर्वतको पाङ्मा जन्मिनु भएका प्रधान २०२६ सालमा बुटवलमा बसाइँसराइ गरेपछि यहाँको सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय जीवन बिताउनुभएको थियो ।

विसं २०१४ मा भद्र अवज्ञा आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका प्रधान तत्कालीन बुटवल नगरपालिकाको प्रमुख हँुदै २०५६ सालमा प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो ।

रुपन्देहीको समग्र विकासमा प्रधानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । लुम्बिनी अञ्चल अस्पतालमा प्रसूति गृह, रक्त सञ्चार सेवा केन्द्र बुटवलको भवन निर्माण, सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दा बुटवल, लुम्बिनी वाणिज्य क्याम्पसको स्थापना, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, बुटवल बहुमुखी क्याम्पसको विज्ञान सङ्काय भवन निर्माणजस्ता काममा उहाँको नेतृत्वदायी भूमिका रहेको थियो ।

उहाँका श्रीमती र एक छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई अहिले बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा राखिएको छ । रासस