– नरेन्द्रसिंह कार्की
दार्चुला, १९ साउन । भन्सार चेकजाँचको क्रममा प्रहरीले खलंगा पूल घाटमा चरेशसहित भारतीय नागरिक पक्राउ गरेको छ ।
मंगलबार भन्सारमा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतीय नागरिक पिथौरागढ जिल्ला डोडगाउँका अन्दाजी २६ वर्षीय राजीव रानालाई पक्राउ गरेको हो । धारचुलाबाट दार्चुला सदरमुकाम आउने बेला रानालाई २० ग्राम चरेशसहित पक्राउ गरिएको स्रोतले बतायो ।
चेकजाँचको क्रममा शंकास्पद लागेपछि उनलाई खानतलासी गरिएको थियो । पूल घाटबाट उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
रानामाथि अनुसन्धान भइरहेको छ । प्रहरीले भने उनको नाम ठेगाना र बरामद गरिएको चरेश सार्वजनिक गरेको छैन ।















प्रतिक्रिया