८ कार्तिक २०८३, आइतबार

जनतालाई छिटोछरितो सेवा दिऔंँ : प्रधानन्यायाधीश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kalyan-shresthaचौतारा, १९ साउन । प्रधान न्यायाधीश कल्याण श्रेष्ठले समयमै सेवा दिई सर्वसाधारण जनताको मन जित्नुपर्ने बताउनुभएको छ ।

गत वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएको सिन्धुपाल्चोक जिल्ला अदालत भवनको निरीक्षण गर्न आज चौतारा पुग्नुभएका प्रधान न्यायाधीश श्रेष्ठले राज्यको सुविधा लिएपछि सकेसम्म गाउँसम्म पुगेर सेवा दिन सक्नुपर्छ भन्नुभयो ।

क्षतिग्रस्त अदातल भवनको मर्मतका लागि आवश्यक बजेट सर्वोच्च अदालतले निकासा पठाइदिने आश्वासन दिँदै उहाँले छिट्टै मर्मत गर्न पनि निर्देशन दिनुभयो । सो अवसरमा जिल्ला न्यायाधीश अजय उपाध्यायले भूकम्पले क्षति पु¥याएको अदालत भवनको भौतिक क्षतिबारे जानकारी गराउनुभएको थियो ।

भवनमा क्षति पुगेपछि अदालती कामकारबाही हाल अस्थायी टहराबाट सञ्चालन हुँदै आएको छ । विसं १९७३ मा निर्मित जीर्ण भवनबाट न्याय सञ्चालन हुँदै आएकामा २०६४ सालदेखि सुविधा सम्पन्न भवनबाट यहाँको न्याय सम्पादन हुँदै आएको थियो । रासस