काठमाडौं, १९ साउन । काठमाडौंको विजुलीबजारमा संयुक्त राजनीतिक दलित संघर्ष समितिको आक्रमणबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) दानबहादुर कार्कीसहित १२ प्रहरी घाइते छन् ।
काठमाडौं महानगरपालिका–१० बिजुलीबजारमा संयुक्त राजनैतिक दलित संघर्ष समिति र दलित अधिकार संघर्ष समितको संयुक्त आयोजनामा भएको विरोध प्रदर्शनकाक्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर मंगलबार डीएसपी कार्कीसहित१२ जना प्रहरी घाइते भएका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रदर्शनको क्रममा प्रदर्शनकारीले बाटो अवरोध गर्न खोजेकोले महानगरीय प्रहरी बृत्त बानेश्वरबाट प्रहरी टोली खटी गई भिड हटाउने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि एक्कासि ढुंगा प्रहार गरेका थिए ।
ढुङ्गा प्रहार गर्नेमध्ये भक्तपुरका ३४ वर्षीय मिनबहादुर गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । यसैबीच प्रदर्शनका क्रममा प्रहरीको लाठीचार्जबाट केही सभासद्को हातखुट्टा समेत भाँचिएको छ ।















प्रतिक्रिया