८ कार्तिक २०८३, आइतबार

दुबईको डान्सबारमा बेचिन लागेका २७ नेपाली चेलीको दिल्लीबाट उद्दार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Neali_Girls_rescued1

काठमाडौं, १९ साउन । रोजगारीको प्रलोभनमा दुबईका डान्सबारमा बेचिन लागेका २७ नेपाली चेलीको भारतको राजधानी दिल्लीबाट उद्दार गरिएको छ ।

नेपाली महिला तथा युवतीहरुलाई भारतको नयाँदिल्ली हुँदै अत्यन्त जोखिमपूर्ण कामको लागि पर्यटक र कलाकारको भिसा मिलाई तेस्रो मुलुक पु¥याउन लागिएको अवस्थामा मंगलबार काठमाडौं ल्याइएका २७ जना महिलाहरुको अवस्थाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अनुसन्धान सुरु गरेको हो ।

नेपाली महिलालाई कुर्दिस्तान, केन्या, तान्जिनिया भनि खाडी मुलुकको दुबई लगायत विभिन्न सहरहरुमा कामको लागि लैजान भारतस्थित दिल्लीमा लगेको अवस्थामा भारतीय प्रहरीले अनुसन्धान तथा उद्धार गरी ‘सिडब्ल्यूसी’मा राखिएको जानकारी प्राप्त भएपछि नेपाल बायु सेवा निगमको जहाजबाट मंगलबार स्वदेश फिर्ता ल्याइएको हो ।

स्वदेश ल्याइएका युबतीहरुमा खोटाङकी २६ वर्षीया मालती राई, खोटाङकी ३९ वर्षीया लक्ष्मी राई, सिन्धुपाल्चोककी २० वर्षीया पूजा तामाङ, उदयपुरकी २९ वर्षीया शोभाकुमारी परियार, नवलपरासीकी २९ वर्षीया कृष्णादेबी बिक, झापाकी २१ वर्षीया उमा भुजेल, सिन्धुपाल्चोककी २३ वर्षीया शर्मिला थापा, नवलपरासीकी ४५ वर्षीया फूलकुमारी, उदयपुरकी २२ वर्षीया कमला, झापाकी २९ वर्षीया कल्पना, सिन्धुपाल्चोककी १९ वर्षीया सबिता, सिन्धुपाल्चोककी १८ वर्षीया सोनाम डोल्मा, सिन्धुपाल्चोककी ३५ वर्षीया अम्मो र काभ्रेकी २७ वर्षीया सम्झना रहेका छन् ।

यसैगरी दाङकी ३२ वर्षीया शिला, काभ्रेकी २५ वर्षीया मास्लोमाया तामाङ, रुपन्देहीकी ३० वर्षीया किष्नु, धादिङकी ३० वर्षीया कालीमाया तामाङ घले, रामेछापकी २३ वर्षीया सुकमाया घिसिड, नुवाकोटकी २२ वर्षीया छेगु डोल्मा तामाङ, सिन्धुपाल्चोककी २० वर्षीया पेमा झोकी, सिन्धुपाल्चोककी ३३ वर्षीया याङजी लामा, नुवाकोटकी ३० वर्षीया शारदा तामाङ, गोरखाकी ३४ वर्षीया मोनिका भण्डारी, सोलुखुम्बुकी २० वर्षीया लक्ष्मी तामाङ, सोलखुम्बुकी १९ वर्षीया अनशोपा शेर्पा र चितवनकी ३४ वर्षीया उरमाया थिङ रहेका छन् ।