८ कार्तिक २०८३, आइतबार

सुदूरपश्चिमका पाँच स्थानमा नेपाली सेनामा जागिर खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-sena1महेन्द्रनगर, १९ साउन । सुदूरपश्चिमका पाँच स्थानमा नेपाली सेनामा जागिर खुलेको छ ।

नेपाली सेनाको स्वीकृतभित्र रिक्त रहेका पदहरुमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपुर्ती गर्न सुदूरपश्चिम पृतना अन्तर्गत पनि पाँच स्थानमा सैन्य तथा फार्लसको भर्ना खुलेको हो ।

देशका अन्य क्षेत्रझै सुदूरपश्चिम पृतनासहित विभिन्न गण तथा गुल्म दरखास्ता आह्वानका लागि इच्छुक योग्यता पुगेका नागरिकहरुलाई आग्रह समेत गरेको छ । सेनाले दिएको जानकारी अनुसार सुदूरपश्चिम पृतना दिपायलमा खुल्ला तथा समावेशी गरी १०० जना, श्री नं. २५ बाहिनी अड्डा महेन्द्रनगरमा १०० जना, शिवदल गण तेघरीमा १२५ जना र केश कर्तक ३ जना, दुर्गाबक्स गण अछाममा सैन्य खुल्ला र समावेशी गरी ७५ जना, बन्दोबस्ती कार्य सिपाही ८ जना, देबीबक्स गुल्म बाजुरामा सैन्य ५० र बन्दोबस्ती कार्य सिपाही ८ जनाको भर्ना खुलेको हो ।

आदिवासी/जनजाती, पिछडिएको क्षेत्र, दलित र मधेशीलाई समावेशी कोटामा आरक्षण समेत दिइएको सेनाले जनाएको छ । दोब्बर दस्तुर गरी सेनाले आगामी भदौ १७ गतेसम्म दरखास्त गर्न आग्रह गरेको छ ।