भीमदत्तनगर, १९ साउन । बझाङको कोटभैरव गाउँमा खम्बा गाडेको सात वर्ष बितिसक्दा पनि गाउँलेले बिजुलीको उज्यालो देख्न पाएका छैनन् ।
कोटभैरव–८ ओलीवाडामा लामो समयदेखि अन्धकारमा गाउँलेले बाँच्नु परेको स्थानीयवासी दीपक अवस्थीले जानकारी दिनुभयो । विसं २०६५ मा ४५ किलोवाट क्षमताको थलारी गाड लघुजलविद्युत् आयोजना विभिन्न सङ्घसंस्था र सरकारी बजेटबाट निर्माण गरिएको थियो र त्यसमा स्थानीयवासीले पनि श्रमदान गरेका थिए । तर अहिलेसम्म सेवा नपाउँदा ठूलो बजेट र आफूहरुको श्रम खेर गएको उनीहरुको भनाइ छ ।
थलारी गाड लघुजलविद्युत्का कोषाध्यक्ष लालबहादुर खातीले तार, घिर्नी खरिद गर्न र विद्युत् विस्तार गर्न अर्थाभाव भएका कारण विद्युत् पु¥याउन नसकिएको प्रतिक्रिया दिनुभयो । “गाउँलेलाई बिजुलीको उज्यालो देख्न सपना जस्तै भइसकेको छ,” स्थानीयवासी दीपक अवस्थीले भन्नुभयो – “गाडेका पोल पनि त्यसै परिरहेको छ ।” रासस















प्रतिक्रिया