३० आश्विन २०८३, शुक्रबार

फेरि घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौं, १९ साउन । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्यमा गिरावट आएसँगै नेपालमा पनि सुनको भाउ घटिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । महासंघले मंगलबार सुनको भाउ तोलाको ४७ हजार ५ सय रुपैयाँ तोकेको छ ।

जून पाँच वर्षयताकै सस्तो हो । सोमबार २ सय रुपैयाँ घटेर ४७ हजार ८ सय रुपैयाँमा किनबेच भएको सुनको भाउ मंगलबार ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए ।

उनका अनुसार सुनको भाउ अझै घट्ने सम्भावना छ । नेपालमा तोलको ६३ हजारसम्म पुगेको सुनको मुल्यमा निरन्तर ओरालो लागेको हो ।